advertisement

उच्च ज्वरो आएपछि अस्पताल पुग्नुभएका उहाँमा पिसिआर परीक्षण गर्दा १४ गते नै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालले सञ्चालन गरिरहेको कोरोना विषेश अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

" /> रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु - Sarbocha Media

रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

`

     २०७७ भाद्र २७ गते ४:३४

रुपन्देही, २७ भदौ । रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

यही भदौ १४ गते कोरोना विषेश अस्पताल बुटवलमा भर्ना हुनुभएका ओमसतिया गाउँपालिका –४ का ४० वर्षीय पुरुषको गएराति १२ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

advertisement

उच्च ज्वरो आएपछि अस्पताल पुग्नुभएका उहाँमा पिसिआर परीक्षण गर्दा १४ गते नै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालले सञ्चालन गरिरहेको कोरोना विषेश अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?