कोरोनाबाट रोजगारी गुमाएकालाई लक्षित गर्दै दुुई लाख रोजगारी थप्ने तयारी

`

     २०७७ भाद्र २७ गते १:४७

काठमाडौँ, भदौ २७ । सरकारले कोरोनाबाट रोजगारी गुमाएकालाई समेत लक्षित गरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप रोजगारीका अवसर सिर्जना गर्न लागेको छ ।

सो कार्यक्रममार्फत कम्तीमा दुई लाखका लागि कम्तीमा एक सय दिनको रोजगारी दिने गरी बजेट व्यवस्था भएकामा बजेट थपका लागि समेत गृहकार्य गरेको छ ।

चालू आर्थिक वर्ष २०७७÷७८ मा सार्वजनिक, निजी क्षेत्र र विशेष कार्यक्रममार्फत पाँच लाख रोजगारी सिर्जना गर्ने योजना बनाएको सरकारले यो कार्यक्रममा कोरोनाका कारण स्वदेश वा विदेशबाट रोजगारी गुमाएकालाई प्राथमिकता दिन थालेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालू आवमा मा ११ अर्ब ६० करोड रुपियाँ बजेट विनियोजन भएकामा कोरोनाले स्वदेश वा विदेशमा बेरोजगार सङ्ख्या बढाएकासँगै नयाँ रोजगारीका लागि थप बजेटको विषयमा पनि अर्थ मन्त्रालयसँग कुरा भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यो खबर आजको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?