advertisement

नेकपाले पार्टी विवाद समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न १८ भदौमा केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठकको तीन दिनअघि गौतमले सञ्चारमाध्यममार्फत आफूलाई राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यमा १४ फागुनमा पार्टी सचिवालयले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने अडान सार्वजनिक गरेका हुन् । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> ओलीले अल्झाए, वामदेवले बल्झाए - Sarbocha Media

ओलीले अल्झाए, वामदेवले बल्झाए

`

     २०७७ भाद्र १६ गते १:०७

काठमाडौं, १६ भदौ । उपाध्यक्ष वामदेव गौतमले पार्टी निर्णय कार्यान्वयनको अडान राख्दै राष्ट्रिय सभाको सांसदमा मनोनीत हुने रुचि राखेपछि समाधानको तहमा पुगेको नेकपाको विवाद पुनः बल्झिने संकेत देखिएको छ । प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री डा। युवराज खतिवडालाई निरन्तरता दिने गरी राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सांसदमा सिफारिस गर्ने तयारी गरिरहेकै वेला गौतमले सोमबार सार्वजनिक रूपमै रुचि राखेपछि विवाद बल्झिने संकेत देखिएको हो ।

उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार भेटेर नै आफ्नो चासो व्यक्त गरेका छन् । बिहान बालुवाटार पुगेका गौतमले पुरानो निर्णयअनुसार आफू राष्ट्रिय सभामा जाने र सरकारमा पनि सहभागी हुने इच्छा व्यक्त गरेको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्रीलाई भेटेलगत्तै गौतम खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका थिए, जहाँ उनले प्रधानमन्त्री ओलीसँग आफूले राखेको प्रस्तावको जानकारी गराएका थिए ।

advertisement

नेकपाले पार्टी विवाद समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न १८ भदौमा केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठकको तीन दिनअघि गौतमले सञ्चारमाध्यममार्फत आफूलाई राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यमा १४ फागुनमा पार्टी सचिवालयले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने अडान सार्वजनिक गरेका हुन् । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?