बुटवल, १२ भदाै । पाल्पामा कोरोना संक्रमणको उपचार गराईरहेकी एक महिलाको मृत्यु भएको छ । तानसेन ८ मदनपोखरा निवासी ३० वर्षीया महिलाको आज साँझ मृत्यु भएको लुम्बिनी मेडिकल कलेज पाल्पाले जनाएको छ ।
उनलाई भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेको आइसोलेशन सेन्टरमा उपचार गराइरहेको थियो ।उनलाई मुटु सम्बन्धि समस्या पनि रहेको बताइएको छ ।

अस्पतालकी कोभिड फोकल पर्सन डा. ममता कोइरालाले मृत्तक महिलाको शव व्यवस्थापनको लागि पाल्पा जिल्ला सिसिएमसी सँग समन्वय भइरहेको बताइन् ।
उनीसगै पाल्पामा कोरोनाबाट मृत्युहुनेको संख्या दुई पुगेको छ ।यस अघि कोरोनाको कारण पाल्पा पूर्वखोलाका एक पुरुषको निधन भएको थियो । बुटवलको कोरोना अस्पतालमा पनि आजै विहान रुपन्देहीको तिलोत्तमा एक पूरुषको मृत्यु भएको थियो ।




