advertisement

२० वर्षअघि स्थापना भएको होटेलले लगानीकर्तालाई तीन वर्षयता मात्रै नाफा देखाउन थालेको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले २१ मंसिर ०७५ मा अग्नि खरेलको संयोजकत्वमा तारागाउँ रिजेन्सी होटेलबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिले २६ चैत ०७५ मा प्रतिवेदन बुझाएको थियो । समितिले १० वर्षदेखि नाफामा होटेल चलेको, तर व्यवस्थापनले लुकाएको बताउँदै होटेल खुलेदेखिकै स्वतन्त्र लेखा परीक्षणपछि मात्रै रकम विदेश लैजान दिनुपर्ने प्रतिवेदन दिएको छ । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> हायात होटेलको २९ करोड ४३ लाख लाभांश विदेश लैजान रोक - Sarbocha Media

हायात होटेलको २९ करोड ४३ लाख लाभांश विदेश लैजान रोक

`

     २०७७ भाद्र ०८ गते १:३१

काठमाडौं, ८ भदौ । हायात होटेलका पाँचवटा संस्थागत विदेशी लगानीकर्ताले विदेश लैजान लागेको लाभांशबापतको २९ करोड ४३ लाख रुपैयाँ तारागाउँ विकास समितिले रोकेको छ । होटेलमा सरकारको सेयर हिस्सा ४० बाट नौ प्रतिशतमा झारिएको विषयमा अध्ययन भइरहेका बेला राधेश्याम सर्राफसहितका संस्थागत लगानीकर्ताले उक्त रकम विदेश लैजान खोजेका थिए । होटेलमा उनीहरूको ६६ लाख ६ हजार ६ सय ८० कित्ता सेयर छ ।

होटेलले आर्थिक वर्ष ०७३–७४ मा २८ करोड २७ लाख, ०७४–७५ मा २५ करोड ७० लाख र ०७५–७६ ३५ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । तीन वर्षमा लगानीकर्तालाई ५८ करोड ४० लाख लाभांश वितरण भएको थियो । ०७३–७४ मा नाफाको सात दशमलव ३६ प्रतिशतबापत १३ करोड, ०७४(७५ मा १२ दशमलव ६३ प्रतिशतबापत २३ करोड र ०७५–७६ मा १२ प्रतिशतबापत २२ करोडका दरले लाभांश वितरण गरिएको थियो ।

होटेलको सम्पत्ति–दायित्व मूल्यांकन (डिडिए) नगरी लगानीकर्तालाई रकम विदेश लैजान नदिन राष्ट्र बैंकलाई राय दिइएको तारागाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपाने बताउँछन् । तारागाउँ रिजेन्सी होटेलले संस्थागत लगानीकर्तालाई रकम विदेश लैजान पछिल्लो समयमा ७ पुस ०७६ मा राष्ट्र बैंकसँग स्वीकृति माग गरेको थियो । त्यसबारे गत १५ जेठमा राष्ट्र बैंकले समितिसँग त्यससम्बन्धमा राय मागेको थियो । र, समितिले रकम लैजान रोक्नुपर्ने राय दिएको हो ।

‘होटेलको जग्गा लिज प्रकरण तथा जग्गा र तारागाउँको सेयर स्वामित्वमा समेत विवाद रहेको र छानबिन चलिरहेकाले तत्काल रकम लैजान नदिने निर्णय गरेका छौँ,’ समिति अध्यक्ष न्यौपाने भन्छन्, ‘यी विषयमा सरकार र संसदीय समितिदेखि अख्तियारसम्मले छानबिन गरिरहेको अवस्थामा रकम लैजान दिनु उपयुक्त हुँदैन ।’

advertisement

२० वर्षअघि स्थापना भएको होटेलले लगानीकर्तालाई तीन वर्षयता मात्रै नाफा देखाउन थालेको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले २१ मंसिर ०७५ मा अग्नि खरेलको संयोजकत्वमा तारागाउँ रिजेन्सी होटेलबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिले २६ चैत ०७५ मा प्रतिवेदन बुझाएको थियो । समितिले १० वर्षदेखि नाफामा होटेल चलेको, तर व्यवस्थापनले लुकाएको बताउँदै होटेल खुलेदेखिकै स्वतन्त्र लेखा परीक्षणपछि मात्रै रकम विदेश लैजान दिनुपर्ने प्रतिवेदन दिएको छ । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?