advertisement

कार्यदलले दुई अध्यक्षबीचको कार्यविभाजनलाई थप स्पष्ट पार्दै जिम्मेवारीलाई परिभाषित गरेरै सुझाव दिएको कार्यदलका एक सदस्यले बताए। ‘दुवै अध्यक्षले सरकार र पार्टी सहकार्य र समन्वयका आधारमा सञ्चालन गर्ने, एकले सरकार र अर्कोले पार्टी चलाउने गरी कार्यविभाजनको सुझाव प्रतिवेदनमा छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

" /> नेकपामा मेलमिलापको खाका तयार - Sarbocha Media

नेकपामा मेलमिलापको खाका तयार

`

     २०७७ भाद्र ०७ गते १:१०

काठमाडौं, ७ भदौ । नेकपा समस्या समाधान सुझाव कार्यदलले दुई अध्यक्षको अधिकार बाँडफाँटलाई ‘स्पष्ट’ पार्दै मेलमिलापको खाका तयार पारेको छ। कार्यदलको सुझाव यस्तो छ, प्रतिनिधिसभाको बाँकी कार्यकाल पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गर्ने। अर्का अध्यक्ष पुष्पकमल दाहालले एकता महाधिवेशनसम्म पार्टी सञ्चालन गर्ने गरी कार्यकारी अधिकार लिने।

यसअघि गत मंसिर ४ गते नै ओलीले ५ वर्ष नै सरकार र दाहालले पार्टीको जिम्मा लिने गरी सहमति भएको थियो। पार्टी एकतापूर्व २०७५ जेठ २ मा भने आलोपालो सरकारको नेतृत्व गर्ने गरी ५ बुँदे सहमति भएको थियो। त्यसलाई प्रतिस्थापन गर्दै मंसिरमा दुई अध्यक्षको अधिकार बाँडफाँटको सहमति सचिवालय बैठकबाट भएको हो। तर, सहमति कार्यान्वयन नभएको भन्दै दाहालले प्रश्न उठाएपछि पार्टीमा कडा शक्ति संघर्ष चलेको थियो।

पार्टी विवाद सल्टाउनका लागि सुझाव दिन गठित कार्यदलले शनिबार अध्यक्षद्वय ओली र दाहाललाई प्रतिवेदन बुझाएको हो। पार्टीभित्र एकता, संघर्ष र विभाजन उन्मुख परिस्थितिबाट कार्यदलले आफ्ना सुझावका आधारमा अगाडि बढ्दा पुनः नयाँ आधारमा नयाँ एकता कायम हुन सक्ने निष्कर्ष निकालेको छ।

advertisement

कार्यदलले दुई अध्यक्षबीचको कार्यविभाजनलाई थप स्पष्ट पार्दै जिम्मेवारीलाई परिभाषित गरेरै सुझाव दिएको कार्यदलका एक सदस्यले बताए। ‘दुवै अध्यक्षले सरकार र पार्टी सहकार्य र समन्वयका आधारमा सञ्चालन गर्ने, एकले सरकार र अर्कोले पार्टी चलाउने गरी कार्यविभाजनको सुझाव प्रतिवेदनमा छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?