काठमाडौं, ४ भदौ । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले प्रधानमन्त्री केपी ओलीसँग प्याकेज सहमति हुन लागेको बताएका छन्।
महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदललाई सोही आधारमा सुझाव प्रस्ताव ल्याउने कार्यादेश दिइएको उनले खुलाए।
अन्नपूर्ण मिडिया ग्रुपको एपीवान एचडी टेलिभिजनको कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’ मा भूषण दाहालसँगको अन्तर्वार्तामा अध्यक्ष दाहालले संघीय सरकारको मन्त्रिपरिषद् पुनर्गठन, प्रदेश सरकार पुनर्गठन, थपघट, ठूला राजनीतिक नियुक्ति, स्थायी समिति एजेन्डामा साझा सहमति हुने बताएका हुन्।

उनका अनुसार अधिकार बाँडफाँट, प्रतिपक्षी दलसमेतको साथमा संवैधानिक नियुक्तिलगायत विषय पनि प्याकेजमा टुंग्याइने छन्। यो खबर आजको अन्नपूर्णमा छ ।




