advertisement

बयर्नबाट खेलेका काउटिन्होले गत साता च्याम्पियन्स लिग क्वार्टर फाइनलमा बार्सिलोनाविरुद्ध दुई गोल र एक असिस्ट गरेका थिए । जहाँ बार्सिलोनाले ८–२ गोलको लज्जास्पद हार व्यहोरेको थियो । जसका कारण क्लबले प्रशिक्षक सेटिन र खेल निर्देशक एरिक अबिदललाई बर्खास्त गरेको थियो ।

क्लबका अध्यक्ष बार्टोमेउले क्लबसँग आम्दानीमा आधारित तलब सीमा भएकाले नयाँ खेलाडीहरू ल्याउन सक्षम हुनु पर्ने बताएका छन् । उनले केही ठुला नाममहरु क्याम्प नाउमा भित्रिन सक्ने संकेत देखाएका छन् । “म कसैको बारेमा खराब कुरा गर्न चाहन्न र टोलीको प्रशंसा गर्न चाहन्छु । उनीहरू १२ बर्षदेखि रोकिदै उपाधि जित्दै आएका छन,” बार्टोमेउले भने, “यो समय क्ललबा केहि खेलाडीहरूलाई सम्मानका साथ बिदाइ गर्न सुरु गर्ने हो ।”

" /> काउटिन्हो बार्सिलोनामै रहने - Sarbocha Media

काउटिन्हो बार्सिलोनामै रहने

`

     २०७७ भाद्र ०३ गते ११:१५

एजेन्सी, ३ भदाै । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले अर्को सिजन ब्राजिलियन प्लेमेकर फिलिप्पे काउटिन्हो बार्सिलोनामा रहने बताएका छन् ।

एक वर्षका लागि लोनमा बायर्न म्यूनिख पुगेका काटिन्होलाई प्रिमियर लिगमा बेच्न सल्लाह दिइएको थियो । तर, क्लबका अध्यक्ष बार्टोमेउले आगामी दुई वर्षका लागि काउटिन्हो क्याम्प नाउमै बस्न सक्ने बताएका छन् ।

‘‘काउटिन्होको विषयमा मुख्य प्रशिक्षकले निर्णय लिने छन्,” बार्टोमेउले भने, “यदि प्रशिक्षकले काउटिन्होलाई क्लबमा निरन्तरता गर्न चाहन्छ भने उनी सिजन २०२०–२१ म हामीसँगै रहने छन् ।”

advertisement

बयर्नबाट खेलेका काउटिन्होले गत साता च्याम्पियन्स लिग क्वार्टर फाइनलमा बार्सिलोनाविरुद्ध दुई गोल र एक असिस्ट गरेका थिए । जहाँ बार्सिलोनाले ८–२ गोलको लज्जास्पद हार व्यहोरेको थियो । जसका कारण क्लबले प्रशिक्षक सेटिन र खेल निर्देशक एरिक अबिदललाई बर्खास्त गरेको थियो ।

क्लबका अध्यक्ष बार्टोमेउले क्लबसँग आम्दानीमा आधारित तलब सीमा भएकाले नयाँ खेलाडीहरू ल्याउन सक्षम हुनु पर्ने बताएका छन् । उनले केही ठुला नाममहरु क्याम्प नाउमा भित्रिन सक्ने संकेत देखाएका छन् । “म कसैको बारेमा खराब कुरा गर्न चाहन्न र टोलीको प्रशंसा गर्न चाहन्छु । उनीहरू १२ बर्षदेखि रोकिदै उपाधि जित्दै आएका छन,” बार्टोमेउले भने, “यो समय क्ललबा केहि खेलाडीहरूलाई सम्मानका साथ बिदाइ गर्न सुरु गर्ने हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?