advertisement

भौगर्भिक अध्ययनमा कम जोखिम भनेको क्षेत्रमा पहिरोले क्षति गरेपछि थप अध्ययनको लागि आवास उठ्न थालेको छ। प्राधिकरणले विगतको अध्ययनको समिक्षा गर्दै नयाँ अध्ययन गर्न समन्वय गर्ने भएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

" /> सिन्धुपालचोकमै १६७ बस्ती पहिरोको जोखिममा - Sarbocha Media

सिन्धुपालचोकमै १६७ बस्ती पहिरोको जोखिममा

`

     २०७७ भाद्र ०२ गते १२:५५

काठमाडौं, ०२ भदौ । लिदी जस्तै भौगलिक बनोट भएका सिन्धुपालचोकमा मात्रै १ सय ६७ बस्ती जोखिममा छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको भौगर्भिक अध्ययन अनुसार ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेका थिए। जिल्लाका २ सय ४२ स्थानको भौगर्भिक अध्ययन भएको थियो। जसमा ७५ स्थान मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्टले पहिले गरिएको अध्ययनले लिदीमा माथिल्लो क्षेत्रमा नभई तल्लो क्षेत्रमा समस्या देखाएको बताए।

२०७४ सालमा गरिएको अध्ययनले लिदीलाई संरक्षण गरेर बस्न सकिने देखाएको थियो। वर्षातका बेला सिन्धुपाल्चोकमा देखिएको विपदबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा भूगर्भविद भट्टले बेला बेलामा जोखिमका क्षेत्र बदलिन सक्ने बताए।

advertisement

भौगर्भिक अध्ययनमा कम जोखिम भनेको क्षेत्रमा पहिरोले क्षति गरेपछि थप अध्ययनको लागि आवास उठ्न थालेको छ। प्राधिकरणले विगतको अध्ययनको समिक्षा गर्दै नयाँ अध्ययन गर्न समन्वय गर्ने भएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?