advertisement

सर्वसाधारणलाई आवतजावतमा पनि रोक लगाइएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि बन्द गरिएका छन् । अत्यावश्यक वस्तु ढुवानी गर्ने साधन, एम्बुलेन्स र शवबाहनलाई जिल्ला भित्र रोक्न, चढ्न ओराल्न र झार्न नपाउने गरि संचालन गर्न दिइएको छ । उद्योगधन्दा, कलकारखानालाई भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको न्यूनतम मापदण्ड अपनाएर संचालन गर्न दिइएको छ ।

२ प्रहरी संक्रमित

आइतबार जिल्ला प्रहरी कार्यालयमा कार्यरत २ जना प्रहरीमा संक्रमण देखिएको छ । ३ दिनअघि ७ जना प्रहरी संक्रमित भएका थिए । अहिले संक्रमित प्रहरीको संख्या १० पुगेको छ । तौलिहवा बजार क्षेत्रमा १ सय ११ जना संक्रमित भेटिएका छन् भने जिल्ला भरीमा ९ सय ४५ जना संक्रमित भेटिएका छन् । त्यसमध्ये १ सय ४४ वटा सक्रिय ‘केस’ छन् ।

" /> कपिलवस्तुमा एक साताका लागि लकडाउन थपियाे - Sarbocha Media

कपिलवस्तुमा एक साताका लागि लकडाउन थपियाे

`

     २०७७ श्रावण ३२ गते १२:४९

कपिलवस्तु, ३२ साउन । जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि एक साताका लागि लकडाउन थप गरिएको छ । कोरोना भाइरस संकट व्यवस्थापन समितिको आइतबारको बैठकले भादौ १ गतेदेखि ७ गते राति १२ बजेसम्म लकडाउन बढाउने निर्णय गरेको हो । यसअघि साउन २७ देखि ३२ सम्म जिल्लाभरी लकडाउन गरिएको थियो ।

‘अहिलेलाई एक साताका लागि लकडाउन गर्ने निर्णय गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने, ‘पछि अवस्था हेरेर थपघट गर्न सकिन्छ ।’ उनका अनुसार जिल्लाभरिकै पसल बजार बन्द हुनेछन् तर तरकारी र खाद्यान्न पसल भने बिहान ८ देखि १० बजेसम्म संचालन गर्न दिइनेछ । निजी र सार्वजनिक यातायात तथा होटल, रेष्टुरेन्ट र चिया पसल बन्द गरिएको छ ।

advertisement

सर्वसाधारणलाई आवतजावतमा पनि रोक लगाइएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि बन्द गरिएका छन् । अत्यावश्यक वस्तु ढुवानी गर्ने साधन, एम्बुलेन्स र शवबाहनलाई जिल्ला भित्र रोक्न, चढ्न ओराल्न र झार्न नपाउने गरि संचालन गर्न दिइएको छ । उद्योगधन्दा, कलकारखानालाई भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको न्यूनतम मापदण्ड अपनाएर संचालन गर्न दिइएको छ ।

२ प्रहरी संक्रमित

आइतबार जिल्ला प्रहरी कार्यालयमा कार्यरत २ जना प्रहरीमा संक्रमण देखिएको छ । ३ दिनअघि ७ जना प्रहरी संक्रमित भएका थिए । अहिले संक्रमित प्रहरीको संख्या १० पुगेको छ । तौलिहवा बजार क्षेत्रमा १ सय ११ जना संक्रमित भेटिएका छन् भने जिल्ला भरीमा ९ सय ४५ जना संक्रमित भेटिएका छन् । त्यसमध्ये १ सय ४४ वटा सक्रिय ‘केस’ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?