काठमाडौं, साउन २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवा बाध्यतावस रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “छनोटका हिसाबले विदेश जानु बेग्लै भएको तर अवसर र रोजगारीका हिसाबले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने रणनीतिमा सरकार छ ।”
राष्ट्रिय युवा परिषद्द्वारा बुधबार आयोजित ‘अन्तर्राष्ट्रिय युवा दिवस २०७७’ मा भिडियो सम्बोधन गर्नुहुँदै देश निर्माणको महìवपूर्ण जनशक्तिलाई देशमै अवसर उपलब्ध गराउन, क्षमता अभिवृद्धि गर्न विविध खाले कार्यक्रमलाई नीति तथा कार्यक्रममै समेटिएको बताउनुभयो । उहाँले योजनाबद्ध ढङ्गले युवाको क्षमता विकास र रोजगारी सिर्जनामा सरकारले यस आर्थिक वर्षमा ७६ अर्ब रुपियाँ विनियोजन गरेको बताउनुभयो ।

उहाँले युवा स्वरोजगार, युवा परिषद्मार्फत युवा गतिविधि, रोजगारीका अवसर सिर्जना गर्ने, युवालाई विभिन्न ढङ्गले सहयोग र सहायता उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको बतताउनुभयो । उहाँले प्रकृतिमा रहेको असाधारण शक्तिलाई चिनेर त्यसलाई प्रयोग गर्नसक्ने क्षमता मानव मस्तिष्कमा रहेको चर्चा गर्नुभयो । यो खबर आजको गोरखापत्रमा छ ।




