एजेन्सी, २८ साउन । कोरोना भाइरसको विश्वव्यापी कहरपछि पछिल्ले हप्ता विश्व फुटबलमा च्यम्पियिन्स लिगका खेलहरुले मार्केट तताएको छ । लिगका टप ८ का खेलहरु हुनुपूर्व विभिन्न अड्कलबाजीहरु काट्न थालिएको छ ।
निर्धारित ४ समूहमध्ये सर्वाधिक चर्चा जर्मन पावरहाउस वार्यन म्यूनिख र स्पेनिस सुपर क्लब बार्सिलोना बीचको भिडन्तको भईरहेको छ । क्वाटर फाईनलको प्रतिस्पर्धा भएपनि सो खेललाई फाईनल भिडन्त सरह मानिएको छ । त्यसैले पनि वार्यन र बार्साको भिडन्त अघि दुवै टिमका खेलाडीले व्यक्त गर्ने गरेका विचार चर्चाको विषय बनिरहेका छन् ।
बुधबार वार्यन म्युनिखका मिडफिल्डर गोरेज्काले रोनाल्डोलाई यसअघि २ पटक झेलिसकेकाले लिस्बनमा सुपरस्टार मेसीको सामना गर्न तयार रहेको बताएका छन् । यसअघि सन् २०१४ मा साल्केमा हुँदा उनले रियल मड्रिडका तर्फबाट खेलेका रोनाल्डोको सामना गरेका थिए ।

मेसीसँग भने उनको पहिलो भेट हुन लागेको हो । नापाेली विरुद्ध मेसीले चामत्कारिक खेल पस्किएको बताएका गोरेज्काले फुटबल टिम खेल भएकाले मेसीलाई रोक्न सक्ने आशा व्यक्त गरे । रोनाल्डोलाई पटक पटक सामना गरिसकेकाले यो सताव्दीकै अर्का महान खेलाडी मेसी विरुद्ध खेल्न पाउँदा खुसी लागेको उनले बताएका छन् ।
मेसी बलियो रक्षापंक्तिका बीचमा पनि गोल गर्ने विकल्प निकाल्न सिपालु भएको कुरा आफूहरुले बुझेको बताउँदै उनले आफ्नो टिमले यसको समाधान निकाल्ने दावी गरे । उनि सन् २०१८ मा साल्के छोडेर वार्यन म्युनिखमा आवद्ध भएका थिए ।
प्रिक्वार्टरफाईनलको दोस्रो लेगमा बार्सिलाेनाले नापोलीलाई समग्रमा ४-२ को नतिजासंगै अन्तिम आठको यात्रा तय गरेको थियाे । वार्यनले भने चेल्सीलाई समग्र ७–१ को नतिजासंगै अघिल्लो चरणमा प्रबेश गरेको थियाे ।




