काठमाडौैं, २६ साउन । एमाले र माओवादी केन्द्रबीच २०७४ असोज १७ गते ६ बुँदे सहमतिसँगै वाम एकताको यात्रा आरम्भ भयो। त्यस क्रममा २६ महिनाअघि २०७५ जेठ ३ गते दुई पार्टीबीच एकीकरण भयो।
नाम रह्यो— नेपाल कम्युनिस्ट पार्टी (नेकपा)। पार्टीका जोर पाइलट (अध्यक्ष) घोषणा गरिए केपी शर्मा ओली र पुष्पकमल दाहाल। पार्टी र सरकार सञ्चालन, दुई अध्यक्षको कार्यविभाजनलगायत विषयमा यसबीच ओली(दाहाल खटपट चलिरह्यो।
एकतापूर्व आलोपालो सरकार सञ्चालनको सहमति गरेका दुई नेताले २०७६ मंसिर ४ मा नयाँ ढंगले कार्य विभाजन गरे। ओलीले पाँच वर्षै सरकार र दाहालले पार्टी सञ्चालन गर्ने सहमति भयो। तर, उक्त सहमति कार्यान्वयन र दुई अध्यक्षबीचको नेतृत्व टकरावका कारण नेकपामा विवाद चर्किएको छ।

आरोप-प्रत्यारोप कति उत्कर्षमा छ भने पार्टी एकताबद्ध रहन्छ या फुट्छ ? अहिले दोसाँधमा छ। विश्लेषक श्याम श्रेष्ठ नेकपामा समस्याको मुख्य जड बहुपदीय प्रणाली नै रहेको बताउँछन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।




