advertisement

अध्यक्ष शालिग्राम बञ्जरा र उपाध्यक्ष गोमा मगरका लागि दुईवटा मोटरसाइकल र चालक तोकिएको छ भने एकजना चालक प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीका लागि नियुक्त गरिएको छ । गाउँपालिका अध्यक्ष बञ्जरा कांग्रेसबाट र उपाध्यक्ष मगर तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित भएका हुन् । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मोटरसाइकल चलाउन पनि चालक राखेर तलब खुवाउँदै - Sarbocha Media

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मोटरसाइकल चलाउन पनि चालक राखेर तलब खुवाउँदै

`

     २०७७ श्रावण २१ गते १२:५३

खोटाङ, २१ साउन । अध्यक्ष र उपाध्यक्ष मोटरसाइकल चलाउन नजान्ने भएपछि खोटाङको बराहपोखरी गाउँपालिकाले चालक राखेको छ । चारपांग्रे सवारीसाधनका लागि मात्रै चालक राख्न पाउने नियमावली बनाएको भए पनि बराहपोखरी गाउँपालिकाले दुईपांग्रेका लागि पनि तीन जना चालक राखेर तलब खुवाउँदै आएको छ ।

बराहपोखरी गाउँपालिकाले १७ वटा मोटरसाइकल किनेको छ । जसमध्ये दुईवटा मोटरसाइकल अध्यक्ष र उपाध्यक्षका लागि छुट्याएको छ । अन्य मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी र वडा कार्यालयले प्रयोग गर्दै आएका छन् ।

advertisement

अध्यक्ष शालिग्राम बञ्जरा र उपाध्यक्ष गोमा मगरका लागि दुईवटा मोटरसाइकल र चालक तोकिएको छ भने एकजना चालक प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीका लागि नियुक्त गरिएको छ । गाउँपालिका अध्यक्ष बञ्जरा कांग्रेसबाट र उपाध्यक्ष मगर तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित भएका हुन् । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?