advertisement

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले संक्रमण पुष्टिपछि सम्पर्कविहीन हुने प्रवृत्तिले जोखिम बढाएको बताए। भारतबाट स्वदेश फर्कने नेपालीको भीड बढेपछि संक्रमितको संख्या वृद्धि भएको उनको भनाइ छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

" /> लकडाउन खुलेपछि कोरोना संक्रमणको महामारी भयावह बन्दै - Sarbocha Media

लकडाउन खुलेपछि कोरोना संक्रमणको महामारी भयावह बन्दै

`

     २०७७ श्रावण २० गते १:०१

काठमाडौं, २० साउन । नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि कोरोना संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। पछिल्लो दुई महिनाको तथ्यांकले स्थिति भयावह देखाउँछ। वैशाख २० गतेसम्म संक्रमितको संख्या ५९ मा सीमित थियो। जेठ १९ मा कुल संक्रमित १ हजार ८ सय ११ जना थिए।

त्यसपछि हालसम्म झन्डै १९ हजार संक्रमित थपिएका छन्। जेठ १९ मा मात्रै २ सय ३७ जनामा संक्रमण फेला परेको थियो। असार १९ मा एकै दिन ४ सय ७० जनामा संक्रमण देखियो। त्यसको ठीक एक महिनापछि सोमबार ४ सय १८ जना संक्रमित भेटिए। यो तथ्यांकमा काठमाडौं उपत्यकाको संख्या ५१ छ। तब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘बालबालिका र वृद्धवृद्धा बाहिर ननिस्कनुहोला, संक्रमणबाट जोगिन गाह्रो हुन्छ।’

advertisement

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले संक्रमण पुष्टिपछि सम्पर्कविहीन हुने प्रवृत्तिले जोखिम बढाएको बताए। भारतबाट स्वदेश फर्कने नेपालीको भीड बढेपछि संक्रमितको संख्या वृद्धि भएको उनको भनाइ छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?