advertisement

वडाध्यक्षको कुटाइबाट छाति, हात र खुट्टामा चोट लागेको कार्कीकी श्रीमती इन्दिराले बताइन् । यता वडाध्यक्ष बुढाथोकीले भने अग्राखे भन्ने स्थानमा बाटो निरीक्षण गर्दै हिँडिरहेको अवस्थामा कार्कीले अपशब्द प्रयोग गरेको र त्यस्तो नगर्नु भन्दा सामान्य ठेलमठेल भएको बताएका छन् ।

वडाध्यक्ष बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएर उपचार गरिदिने सहमति भएपछि पीडित परिवारको रोहवरमा छाडिएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

" /> साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीद्वारा वृद्धमाथि निर्घात कुटपिट - Sarbocha Media

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीद्वारा वृद्धमाथि निर्घात कुटपिट

`

     २०७७ श्रावण १९ गते १०:३९

भोजपुर, १९ साउन । साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेका छन् । वडाध्यक्षको कुटाइबाट घाइते भएका वृद्धको थप उपचारका लागि विराटनगर पठाइएको छ ।

स्थानीय ६५ वर्षीय अर्जुनजंग कार्की (जर्मन)लाई वडाध्यक्ष बुढाथोकीले शनिबार दिङ्लाबाट घर जानेक्रममा वृद्धलाई कुटपिट गरेका थिए ।

advertisement

वडाध्यक्षको कुटाइबाट छाति, हात र खुट्टामा चोट लागेको कार्कीकी श्रीमती इन्दिराले बताइन् । यता वडाध्यक्ष बुढाथोकीले भने अग्राखे भन्ने स्थानमा बाटो निरीक्षण गर्दै हिँडिरहेको अवस्थामा कार्कीले अपशब्द प्रयोग गरेको र त्यस्तो नगर्नु भन्दा सामान्य ठेलमठेल भएको बताएका छन् ।

वडाध्यक्ष बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएर उपचार गरिदिने सहमति भएपछि पीडित परिवारको रोहवरमा छाडिएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?