बेलौरी कञ्चनपुर, १७ साउन । कञ्चनपुरमा एक दम्पतीमाथि धारिलो हतियार प्रहार गरिएको छ।
एक वृद्ध दम्पतीमाथि शुक्रबार राति अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा श्रीमतिको ज्यान गएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका ७ भगतपुरका ५५ बर्षीया बेलीदेवी खाती र उनका श्रीमान ६२ बर्षीया घनश्याम खातीलाई अपरिचित व्यक्तिले राति धारिलो हतियार प्रहार गरेका छन् ।
बेलीदेवी खातीको घटना स्थलमै मृत्यु भएको जनाइएको छ ।
घाइते ६२ बर्षीया घनश्यामलाई राति नै उपचारका लागि धनगढी लगिएको बताइएको छ ।




