advertisement

नक्कली भारतीय रुपैयाँ कारोबारमा पटक–पटक पक्राउ परेका युनुस अहिले सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् । मंगलबार सुन्धाराबाट एकाएक गायब भएको स्कार्पियो अन्सारीकै निवासस्थल नख्खिपोट क्षेत्रमा भेटिएका कारण पनि घटनामा दुईबीच सम्बन्ध हुन सक्ने प्रहरीको अनुमान छ । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> १५ केजी सुनचाँदी प्रकरण : प्रहरीबाटै गल्ती - Sarbocha Media

१५ केजी सुनचाँदी प्रकरण : प्रहरीबाटै गल्ती

`

     २०७७ श्रावण १७ गते ३:१४

एजेन्सी, १७ साउन । सुन्धाराबाट बरामद साढे १४ किलो चाँदी र आधा किलो सुन तस्करीको घटनामा प्रहरीले नक्कली भारतीय रुपैयाँ कारोबारमा जेलमा रहेका युनुस अन्सारीको ‘कनेक्सन’ खोज्न थालेको छ ।

तस्करीमा संलग्न मुख्य अभियुक्त युनुसकै पूर्वसाझेदार भएको पाइएपछि प्रहरीले अनुसन्धानमा उनको ‘कनेक्सन’ खोज्न थालेको हो । यद्यपि, घटनामा कमिसन पाउने चक्करमा प्रहरी अधिकारीबाटै समेत त्रुटि भएको पाइएको छ ।

तस्करीमा संलग्न मुख्य अभियुक्त पर्साका इल्ताफ हुसेन अन्सारी युनुसकै पूर्वसाझेदार भएको पाइएपछि प्रहरीले अनुसन्धानको एउटा पाटो युनुसतिर मोडेको छ । इल्ताफ नक्कली भारतीय रुपैयाँ तस्करीमा यसअघि जेल सजाय भुक्तान गरेका व्यक्ति हुन् ।

प्रहरीका अनुसार युनुस र इल्ताफले संयुक्त रूपमा नक्कली भरतीय रुपैयाँको कारोबार गर्थे । युनुसकै छत्रछायामा इल्ताफ नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न भएको प्रहरीको दाबी छ ।

यसैलाई आधार मानेर प्रहरीले १४ किलो चाँदी र आधा किलो सुन तस्करीमा युनुसको संलग्नता खोज्न थालेको हो । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘अनुसन्धान विभिन्न कोणबाट हुन्छ र एउटा कोण युनुसतर्फ केन्द्रित भएको साँचो हो ।

तथ्य के आउला पछिको कुरा हो । इल्ताफ र युनुस नक्कली भारतीय रुपैयाँको कारोबारमा विगतमा सँगै संलग्न भएको घटना स्थापित नै छ । त्यसो हुँदा अहिले पनि यी दुईबीच सम्बन्ध हुन सक्ने हाम्रो अनुमान छ । त्यसैले अनुसन्धान गरिनु स्वाभाविक हो ।’

advertisement

नक्कली भारतीय रुपैयाँ कारोबारमा पटक–पटक पक्राउ परेका युनुस अहिले सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् । मंगलबार सुन्धाराबाट एकाएक गायब भएको स्कार्पियो अन्सारीकै निवासस्थल नख्खिपोट क्षेत्रमा भेटिएका कारण पनि घटनामा दुईबीच सम्बन्ध हुन सक्ने प्रहरीको अनुमान छ । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?