advertisement

कोरोना संक्रमणलाई लिएर हामी सरकारप्रति मात्रै खनिन्छौं तर आफ्नो लापरवाही देख्दैनौं। लकडाउन अवज्ञा गर्ने, मास्क नलगाई हिँड्ने र स्यानिटाइजर प्रयोग नगर्ने, क्वारेन्टाइनबाट भाग्ने, दूरी कायम नगर्ने, हुलहुज्जत गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलगायत गतिविधि उत्तिकै कारक छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

" /> लकडाउन हटेपछि काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै - Sarbocha Media

लकडाउन हटेपछि काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै

`

     २०७७ श्रावण १७ गते १:३९

काठमाडौं, १७ साउन । लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ।

विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका।

सीमापारि देखिएको कोरोना नेपालमा भित्रिने जोखिम भए पनि तत्काल सीमा नाका बन्द नगर्नु सरकारको पहिलो गल्ती थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘चीनपछि नेपाल दोस्रो संक्रमित मुलुक होइन।

भारतमा महामारी फैलन सुरु हुनेबित्तिकै नेपालीहरू स्वदेश फर्कन्छन् भनेर सचेत नहुनु, नाका अव्यवस्थित हुनु पहिलो कमजारी हो।’ तिनै नाका हुँदै भित्रिने संक्रमितको संख्या बढ्दै जाँदा राजधानी जोखिममा परेको हो।

advertisement

कोरोना संक्रमणलाई लिएर हामी सरकारप्रति मात्रै खनिन्छौं तर आफ्नो लापरवाही देख्दैनौं। लकडाउन अवज्ञा गर्ने, मास्क नलगाई हिँड्ने र स्यानिटाइजर प्रयोग नगर्ने, क्वारेन्टाइनबाट भाग्ने, दूरी कायम नगर्ने, हुलहुज्जत गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलगायत गतिविधि उत्तिकै कारक छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?