advertisement

उनी डुबेको खबर पाएसँगै उद्धार गर्न महानगरीय प्रहरी वृत्त, जगाती र महानगरीय प्रहरी परिसर भक्तपुरबाट संयुक्त टोली खटिएको थियो। घटनास्थलबाट उनको उद्धार गरी भक्तपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको परिसरका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।

" /> कमलपोखरीमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु - Sarbocha Media

कमलपोखरीमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

`

     २०७७ श्रावण १३ गते ३:०९

काठमाडौं, १३ साउन । भक्तपुरको कमलपोखरीमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ।

मंगलबार बिहान साढे ११ बजेको कमलपोखरीमा पौडी खेल्ने क्रममा डुबेर चाँगुनारायण नगरपालिका-९ सौडौल बस्ने ५१ वर्षीय राजेश खड्काको मृत्यु भएको हो।

प्रहरीले ती व्यक्ति आफूले लगाएको लुगा किनारामा छाडेर पौडी खेल्न गएको र पछि बेपत्ता भएको भन्ने खबर पाएको थियो।पौडी खेल्दै गर्दा दुई पटक निस्किए पनि तेस्रोपटकमा भने बेपत्ता भएका थिए।

advertisement

उनी डुबेको खबर पाएसँगै उद्धार गर्न महानगरीय प्रहरी वृत्त, जगाती र महानगरीय प्रहरी परिसर भक्तपुरबाट संयुक्त टोली खटिएको थियो। घटनास्थलबाट उनको उद्धार गरी भक्तपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको परिसरका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?