advertisement

काठमाडौं उपत्यकाभित्रका लामो दूरीका सवारीमा भने अन्य क्षेत्रको तुलनामा यात्रुको चाप देखिन्थ्यो। काठमाडौंबाट भक्तपुरतिर जाने गाडीमा भने अन्य क्षेत्रभन्दा यात्रुको संख्या बढी थियो। केही सवारीले सिट खाली नराखी पनि कुदाइरहेका थिए। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

" /> काठमाडौं उपत्यकामा रित्तै गाडी गुड्दै, धेरै चालक सडकमा यात्रुको पर्खाइमा - Sarbocha Media

काठमाडौं उपत्यकामा रित्तै गाडी गुड्दै, धेरै चालक सडकमा यात्रुको पर्खाइमा

`

     २०७७ श्रावण ०८ गते १२:५०

काठमाडौं, ८ साउन । चार महिना लामो लकडाउन हटेको दिन तामाङजस्तै धेरै चालक सडकमा यात्रुको पर्खाइमा थिए। स्वयम्भू–सुन्धारा माइक्रो चलाउने विष्णुलाल श्रेष्ठले चार महिनापछि पहिलो पटक गाडी लिएर सडकमा निस्किएको बताए। चार यात्रु लिएर आएका उनको गाडी फर्किने बेला खाली थियो। यात्रु भए नि धेरै हाल्न नपाइने भएकाले चिन्ता लागेको उनले सुनाए।

‘आज (बुधबार) देखि गाडी चलाउन थालेको हुँ’, उनले भने, ‘यात्रु छैनन्। एक सिट खाली गरेर राख्नुपर्छ। तेल खर्च उठाएर खाना खान पुर्‍याउन मुस्किल छ। ’सरकारले सार्वजनिक यातायातका साधन चलाउन दिए पनि सीमित यात्रु मात्र बोक्न पाइने नियम लगाएको छ। एउटा सिट खाली राखेर यात्रु चढाउनुपर्छ। राजधानीका अधिकांश ठाउँमा यो नियम लागू गरेरै गाडी चलाएको देखियो। तर, सार्वजनिक सवारी भने कमै चलेका थिए।

सुन्धारामा खटिएका ट्राफिक प्रहरी बलदेव भट्टले सार्वजनिक सवारीको चाप सुरु भइनसकेको बताए। ‘सधैंजस्तो सार्वजनिक सवारीको चाप बढेको छैन’, उनले भने, ‘सधैं हामीलाई सवारी व्यवस्थापन गर्न मुस्किल पथ्र्यो तर अहिले त्यस्तो छैन। ’ सवारी चालक गाउँतिरै भएकाले पनि सबै सवारी नचलेको हुन सक्ने उनले बताए।

advertisement

काठमाडौं उपत्यकाभित्रका लामो दूरीका सवारीमा भने अन्य क्षेत्रको तुलनामा यात्रुको चाप देखिन्थ्यो। काठमाडौंबाट भक्तपुरतिर जाने गाडीमा भने अन्य क्षेत्रभन्दा यात्रुको संख्या बढी थियो। केही सवारीले सिट खाली नराखी पनि कुदाइरहेका थिए। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?