advertisement

हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष सविन न्यौपानेका अनुसार पराजुली खोलापारि लालझाडीमा रहेको खेतबारीमा जान लागेका थिए । तुइन चढ्न खोज्दा चिप्लिएर करिब १५ फिट तल खसेका उनी ढुंगामा बजारिएर गम्भीर घाइते भएका थिए ।

सेनाको एम्बुलेन्समा राखेर उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइयो । तर, त्यहाँ उपचार हुन सकेन । त्यसपछि चुरेहिल अस्पताल लगियो । त्यहाँ पनि सम्भव नभएपछि भरतपुर लैजाने क्रममा पराजुलीको मृत्यु भएको वडाध्यक्ष न्यौपानेले बताए । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> बागमती प्रदेशकै राजधानीमा वृद्धको तुइनबाट लडेर ज्यान गयो - Sarbocha Media

बागमती प्रदेशकै राजधानीमा वृद्धको तुइनबाट लडेर ज्यान गयो

`

     २०७७ श्रावण ०७ गते १:१७

हेटौँडा, साउन ७ । सरकारले चालू आर्थिक वर्ष ७७/७८ को नीति तथा कार्यक्रममा देशभर तुइन विस्थापित भएको घोषणा गरेको थियो । प्रधानमन्त्री केपी ओली स्वयंले पनि तुइन विस्थापित गरेर आफ्नो सरकारले ठूलो उपलब्धि हासिल गरेको पटक–पटक बताएका थिए । तर, मंगलबार साँझ बागमती प्रदेशको राजधानीका बासिन्दाले तुइनबाट लडेर ज्यान गुमाएका छन् ।

तीन दिनदेखिको अविरल वर्षासँगै बाढी आएपछि हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलका ७७ वर्षीय कृष्णप्रसाद पराजुलीले राप्ती खोला तर्न सकेनन् । खोलो तरेर पश्चिमको लालझाडी जान नसकेपछि उनी चौकीटोल र मैनटार जोड्ने तुइनको सहारा लिन पुगेका थिए । तर, तुइन चढ्न खोज्दा लडेर पराजुलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

advertisement

हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष सविन न्यौपानेका अनुसार पराजुली खोलापारि लालझाडीमा रहेको खेतबारीमा जान लागेका थिए । तुइन चढ्न खोज्दा चिप्लिएर करिब १५ फिट तल खसेका उनी ढुंगामा बजारिएर गम्भीर घाइते भएका थिए ।

सेनाको एम्बुलेन्समा राखेर उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइयो । तर, त्यहाँ उपचार हुन सकेन । त्यसपछि चुरेहिल अस्पताल लगियो । त्यहाँ पनि सम्भव नभएपछि भरतपुर लैजाने क्रममा पराजुलीको मृत्यु भएको वडाध्यक्ष न्यौपानेले बताए । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?