एजेन्सी, ६ साउन । कोरोना भाइरसलाई रोकथाम गर्न लगाइएको लकडाउनले नराम्रो असर त पारेको नै छ । तर यसको साथै यसले फाइदा पनि पुर्याएको छ । मानिसहरुले आफ्नो परिवारसंग राम्रो समय विताउन पाएका छन् । आफ्नो खेतबारीमा उव्जाउन गर्न पाएका छन् ।
यतिखेर फिल्म लाइनको व्यक्तिहरुत झनै धेरै फुर्सदीला भएका छन् । कहिले पनि परिवारलाई समय दिन नपाएका उनीहरुलाई लकडाउनले धेरै राहात मिलाएको छ । सिनेमा बनाउनका लागि महिनौ घरबाहिर रहने उनीहरुले पूरै समय घरमा रहन पाएका छन् । आजकल को के गरिरहेका छन् रु भन्ने कुरा सजिलै थाहा पाउन सामाजिक सञ्जाले ठूलो सहयोग गरेको छ । नेगेटिभ र पोजेटिभ दुवै कुराहरु एकछिनमै विश्वभर फैलिन्छन् । यस्तै पछिल्लो समय लकडाउनमा बलिउडका चर्चित अभिनेता सलमान खानबारे विभिन्न विवादहरु चलिरहेका छन् ।
बलिउड अभिनेता सुसान्त सिङ राजपुतको निधनपछि सलमान निकै आलोचित भएका छन् । तर उनले यसबारे केही बोलेका छैनन् । बलू आफ्नो परिवारसंग आफ्नो फार्महाउसमा खेतिपाती गरेका तस्वीर र भिडियोहरु बाहिरिएको छ । तालाबन्दीको सुरुदेखि पनवेलको फार्महाउसमा उपस्थित सलमान खान आज खेतीमा आफ्नो हात प्रयोग गर्दैछन्।

सलमान निरन्तर आफ्नो तस्विरहरू सोशल मिडियामा साझेदारी गरिरहेका छन्, जसमा उनीहरू खेती गर्दैछन्। यसअगाडि सलमान एक ट्रयाक्टर चलाउँदै गरेको भिडियोमा खेत जोत्दै थिए र अब उनी फेरि खेतमा धान रोप्दै गरेको देखिन्छ।




