पहिरोले राति घर बगाउँदा १८ महिनाका एक बालकसहित तीन जनाको मृत्यु

`

     २०७७ श्रावण ०६ गते २:१५

धादिङ, ६ साउन । धादिङमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ खबासेमा गएराति माथिबाट आएको पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो । रातिको समयमा उद्धार गर्न नसकेको कारण उनीहरुको ज्यान गएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरोले घर बगाउँदा २२ वर्षका मिलन खाँण, उनकी श्रीमती २० वर्षकी सम्झना खाँण र १८ महिनाका एक बालकको ज्यान गएको छ ।

एउटा मात्र घर पहिरोले बगाएको र बाँकी ५ घर जोखिममा रहेको छ । ५ घरका परिवारलाई सुरक्षित ठाउँमा सारीसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?