चितवन, ५ साउन । २४ घण्टादेखि लगातार परेको पानीपछि नारायणी नदीको बहाव ह्वात्तै बढेको छ। नदीमा पानीको बहावले खतराको रेखा पार गरिसकेको नारायणी नदी देवघाट बाढी मापन केन्द्रले जनाएको छ।
बाढीले नारायणगढ बजारनजिक नदी किनारामा रहेका हात्तीका स्तम्भसमेत बगाएको छ । साथै त्यहाँ रहेको एक हात्तीसमेत बगाएको थियो । उक्त हात्तीलाई विभिन्न उपाय अपनाएर उद्धार गरेको छ ।




