लहान, ५ साउन । जेलमा सापटी लिएको हजार रुपैयाँ तिर्न नसक्दा सिराहाको लहान नगरपालिका–१ मर्टियर्वाका १९ वर्षीय रोशनकुमार रामको हत्या गरिएको छ । हत्या भएको एक सातापछि उनका बुबा सिफैत रामले प्रहरीमा उजुरी दिएका छन् ।
लकडाउनको समयमा साथीभाइसँगै सीमावर्ती गाउँ गएका उनी लागुपदार्थसहित पक्राउ परेका थिए । लागुपदार्थसम्बन्धी मुद्दामा २५ जेठमा जिल्ला अदालत सिराहाले मागेको १० हजार रुपैयाँ धरौटी राख्न नसकेपछि पुर्पक्षका लागि जेल चलान भएका थिए ।

जेलमा उनले स्थानीय २५ वर्षीय जयकुमार यादवलाई भेटेका थिए । जयसँग रोशनले जेलमै हजार रुपैयाँ सापटी लिएका थिए । यो खबर आजको नयाँपत्रिकामा छ ।




