advertisement

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : एकल तथा साझेदारि व्यापार व्यावसायमा लगानि गरि प्रशस्त नाफा कमाउँन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुसि रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुनेछ । साझको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउँने हुनाले खुसिले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुँनेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : खानपानमा ध्यान दिनुहोला स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। नयाँ योजना कार्यान्वयनमा ल्याउन नसकिए पनि लगनशीलताले बिस्तारै प्रगति हुनेछ। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : अध्ययनमा समय दिन नसस्दा अरुभन्दा पछि परिनेछ भने अरुकै लागि श्रम तथा शक्ति खर्च हुनेछ । रमाईलो बाताबरणमा पनि मन खिन्न हुनेछ । साथिभाई तथा आफन्त सँग बिवाद बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा वैमनश्यता बढ्नेछ । व्यापार व्यावसायम समय लगानि गरे पनि आम्दानि थोरै हुनेछ । आमा तथा आफन्तसँग टाडिने योग रहेकोछ ।

" /> आजको राशिफल : अध्ययनमा सुधार भएर जाने - Sarbocha Media

आजको राशिफल : अध्ययनमा सुधार भएर जाने

`

     २०७७ श्रावण ०५ गते १२:२४

वि.सं.२०७७ साल साउन ०५ । सोमबार । ईश्वी सन् २०२० जुलाई २० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि–औशी,४३ घडी २६ पला,बेलुकी १० बजेर ४४ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– पुनर्वशु ,४१ घडी २२ पला,बेलुकी ०९ बजेर ५४ मिनेट उप्रान्त तिष्य । योग– हर्षण,३९ घडी ३४ पला,बेलुकी ०९ बजेर ११ मिनेट उप्रान्त बज्र । करण– चतुष्पद,बिहान ११ बजेर ०४ मिनेट उप्रान्त नाग,बेलुकी १० बजेर ४४ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मिथुन,दिउसो ०३ बजेर ५४ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय ०५ बजेर २१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट । दिनमान ३४ घडी ०० पला । दर्शश्राद्ध। सोमवारे औंसी। हलो तथा निशि बार्ने।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन्् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउँन सकिनेछ । दाजुभाई तथा बन्धुबान्धबको सहयोग पाईने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । साझको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलोचना हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : व्यावसायमा नाँफा कमाउन अरु दिन भन्दा बढि समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैया पैसाको ब्याबस्थापन गर्न गाह्रो हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रश्तुतिमा भाग लिदा प्रशस्त तयारि गर्नुहोला कमजोरि गरेको वा भएको आभास हुनेछ । साझपख समय राम्रो रहेकोले आफन्त तथा दाजुभाईबाट सकारात्मक सल्लाह सुझाब पाईनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुनेछ । साझको समय मध्ययम रहेकोले व्यापारमा मन्दि आउनेछ । आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : स्वास्थको बिशेष ख्याल गर्नुहोला औषधि उपचार खर्च बढर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । आफन्त तथा साथिभाईहरुले खासै सहयोग गर्ने छैनन् । पढाई लेखाईमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । कामलाई दोहोर्याएर गर्नु पर्दा मानशिक तनाब बढ्नेछ । साझको समय राम्रो रहेकोले व्यापारमा बृद्धि हुनेछ । मन परेको मानिसबाट भौतिक सम्पती उपाहारको रुपमा प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : समयमा अर्थ संग्रह गर्न सकिने हुुदा तथा आर्थिक अवस्था राम्रो रहने हुदा अर्थ व्यापारमा लगानि गर्न सकिनेछ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थना राम्र काम गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुने समय रहेकोछ । साझपख समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमो सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथिभाईहरुको सहयोग पाईनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : समय तथा परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। बेलुकीपख समय राम्रो रहेकोले व्यापारमा सामान्य वृद्धि हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):  स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनी सँग मनमुटाब बढ्नेछ भने समय अनुशार अपडेट नहुदा अरुभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानि नगर्नुनै राम्रो रहनेछ । पढाई लखाईमा ध्यान नजादा अरुकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीवन साथि सँग ठाकठुक पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।

advertisement

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : एकल तथा साझेदारि व्यापार व्यावसायमा लगानि गरि प्रशस्त नाफा कमाउँन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुसि रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुनेछ । साझको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउँने हुनाले खुसिले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुँनेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : खानपानमा ध्यान दिनुहोला स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। नयाँ योजना कार्यान्वयनमा ल्याउन नसकिए पनि लगनशीलताले बिस्तारै प्रगति हुनेछ। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : अध्ययनमा समय दिन नसस्दा अरुभन्दा पछि परिनेछ भने अरुकै लागि श्रम तथा शक्ति खर्च हुनेछ । रमाईलो बाताबरणमा पनि मन खिन्न हुनेछ । साथिभाई तथा आफन्त सँग बिवाद बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा वैमनश्यता बढ्नेछ । व्यापार व्यावसायम समय लगानि गरे पनि आम्दानि थोरै हुनेछ । आमा तथा आफन्तसँग टाडिने योग रहेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?