advertisement

त्यसैगरी चार वटा रतुवा मृग र एक अजिङ्गरको जीवितै उद्धार गरि वनमा लगेर छाडिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । भिमाद नगरपालिकामा दुई, देवघाट र व्यासनगरपालिकामा एक÷एक रतुवा मृग तथा बन्दिपुरमा एक अजिङ्गर फेला परेकोले उद्धार गरी सुरक्षित स्थानमा छाडिएको कार्यालयका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो ।

" /> तनहुँमा छ चितुवाको मृत्यु, आठको उद्धार - Sarbocha Media

तनहुँमा छ चितुवाको मृत्यु, आठको उद्धार

`

     २०७७ श्रावण ०४ गते ३:३८

तनहुँ, ४ साउन । डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष ०७६र७७ मा तनहुँका विभिन्न स्थानमा गरी एक बच्चासहित छ चितुवाको मृत्यु भएको जनाएको छ । सो अवधिमा आठ चितुवाको जीवितै उद्धार गरिएको छ ।

जिल्लाको भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक चितुवा मृत फेला परेको तथा भानु नगरपालिकामा पाँच, बन्दिपुर नगरपालिकामा दुई र व्यास नगरपालिकामा एक गरी आठ चितुवाको उद्धार गरी मणिमुकुन्द सेन पार्क, चितवन राष्ट्रिय निकुञ्ज, पचभैया प्राणी उद्यानलगायतका स्थानमा पठाइएको छ ।

advertisement

त्यसैगरी चार वटा रतुवा मृग र एक अजिङ्गरको जीवितै उद्धार गरि वनमा लगेर छाडिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । भिमाद नगरपालिकामा दुई, देवघाट र व्यासनगरपालिकामा एक÷एक रतुवा मृग तथा बन्दिपुरमा एक अजिङ्गर फेला परेकोले उद्धार गरी सुरक्षित स्थानमा छाडिएको कार्यालयका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?