advertisement

यता भैरवी गाउँपालिका ७ को डोक्कामा पहिरोले ९ घर उच्च जोखिममा रहेको स्थानीयले जानकारी दिएका छन्। साथै ३ घरका १५ जना विस्थापित भएका स्थानीय रामकृष्ण कठायतले जानकारी दिए।

" /> दैलेखमा पहिरोले एक घर बगायो, ३ जनाको अवस्था गम्भीर - Sarbocha Media

दैलेखमा पहिरोले एक घर बगायो, ३ जनाको अवस्था गम्भीर

`

     २०७७ श्रावण ०२ गते ३:३१

दैलेख, २ साउन ।  ठाटिकाध गाउँपालिका ३ बिशाला खुडखुडीमा बिहीबार राति वर्षासँगै आएको पहिरोले १ घर बगाउँदा पुरिएका ३ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएका तीन जनाको अवस्था चिन्ताजनक रहेको गाउँपालिका ३ का वडाध्यक्ष कर्णबहादुर शाहीले जानकारी दिएका छन्। पुरिएका मध्ये बाबु र छोरासहित ३ जनाको अवस्था चिन्ताजनक रहेको अध्यक्ष शाहीले बताए। गाउँपालिकाका विभिन्न वडाहरूमा १३ घर उच्च जोखिममा रहेको स्थानीय हेमन्त दशौदीले जानकारी दिए।

advertisement

यता भैरवी गाउँपालिका ७ को डोक्कामा पहिरोले ९ घर उच्च जोखिममा रहेको स्थानीयले जानकारी दिएका छन्। साथै ३ घरका १५ जना विस्थापित भएका स्थानीय रामकृष्ण कठायतले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?