advertisement

शाहले अब भने यो प्रसंगलाई अब अगाडि बढाउन नचाहेकोको कारण नयाँ भिडियो बनाउन बन्द गरेको अभिव्यक्ति राखेकी बताइएको छ ।

" /> भुवन केसीले हालेको निवेदनमा साम्राज्ञीले दिइन् यस्तो जवाफ - Sarbocha Media

भुवन केसीले हालेको निवेदनमा साम्राज्ञीले दिइन् यस्तो जवाफ

`

     २०७७ आषाढ २९ गते ६:२४

काठमाडौं, २९ असार । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाल कलाकार संघमा वकिलसहित पुगेर अभिनेता तथा निर्माता भुवन केसीले हालेको निवेदनमा मौखिक जवाफ दिएकी छिन् ।

केही समय अगाडि सामाजिकञ्जालमा भिडियो प्रदर्शन गर्दै आफ्नो मानहानि गरेको भन्दै कलाकार संघमा भुवनले निवेदन दिएकी थिइन् । साम्राज्ञीले भुवनको निवेदनको जवाफमा लिखित नभएर मौखिक जवाफ दिएको जनाइएको छ।

उनले सुरुमा कुनै पनि कलाकारको नाम नतोकी भिडियो सार्वजनिक गर्दा अभिनेता भुवनले आफ्नो बारेमा फेसबुकमा लेखेपछि आफू बोल्न बाध्य भएको भन्ने जवाफ दिएकी छिन् ।

advertisement

शाहले अब भने यो प्रसंगलाई अब अगाडि बढाउन नचाहेकोको कारण नयाँ भिडियो बनाउन बन्द गरेको अभिव्यक्ति राखेकी बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?