काठमाडौं, २९ असार । पछिल्लो सयम बाढी र पहिरोल जनजीवन प्रभावित पारेको छ ।
असार ३० गतेसम्म देशका विभिन्न भागमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले गरेको मौसमको विश्लेषण रहेको छ ।
हिउँ बढी पग्लने, हिमताल र नदीहरुमा धेरै पानी हुने भएकाले यतिबेला हिमताल फुट्ने सम्भावना बढी रहेको जनाइएको छ । साना हिमताल समेत जोमिखपूर्ण हुने मौसम रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अधिकारीहरूले बताएका छन् ।
हिउँ पग्लेर तालको पानी अधिकतम तहमा पुग्ने समय जुलाई–अगस्ट हो, त्यही भएर ताल फुट्ने जोखिम यति बेला नै बढी रहेको अधिकारीहरुको भनाइ रहेको छ।
नेपालमा हिमताल विस्फोटका कारण आएको बाढीले क्षति पुर्याएको २१ वटा घटना अभिलेखमा छन् । विगतमा मार्चदेखि सेप्टेम्बरसम्म हिमताल फुटेको पाइएको छ ।

कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा तीन हजार ६२४ हिमताल छन् । यीमध्ये दुई हजार ७० वटा नेपालमा, एक हजार ५०९ चीनमा र ४५ वटा भारतमा पर्छन् ।




