काठमाडौं, २९ असार । नेपाल आयल निगमले चालु आर्थिक वर्ष १० अर्ब ८६ करोड रुपैयाँ खुद नाफा गरेको छ। यो नाफा गत वर्षको तुलनामा दुई अर्बभन्दा धेरै हो। गत वर्ष ८ अर्ब ७५ करोड मात्रै नाफा गरेको थियो।
आव २०७२/७३ मा १९ अर्ब ३६ करोड नाफा गरेको निगमको त्यसपछि तीन आर्थिक वर्षमा नाफा घटेको छ। आव २०७३र७४ मा ९ अर्ब ४५ करोड, आव २०७४र७५ मा तीन अर्ब ५८ करोड र आव २०७५र७६ मा ८ अर्ब ७५ करोड नाफा गरेको थियो। निगमले पछिल्लो ५ वर्षमा २ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाँ राजस्व तिरेको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।





