उडानको पर्खाइमा रहेकाहरु ‘कि रोजगारी दे, कि कोरिया जान दे’ भन्दै प्रदर्शनमा उत्रिए

`

     २०७७ आषाढ २४ गते ७:०२

काठमाडौं, २४ असार। ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षा पास गरी अन्तिम उडानको पर्खाइमा रहेकाहरूले प्रदर्शन गरेका छन् ।

चार हजारभन्दा बढी नेपालीहरु परीक्षा पास गरी रोजगारदाताको छनोटमा परिसकेका छन् । तर कोरिया जान पाएका छैनन् । उनीहरु मध्य केहीले बुधबार प्रदर्शन गरेका छन् ।

रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण बनाइ दिन माग गर्दै प्रदर्शनकारीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । उनीहरुले मेरो सपना कसरी पूरा गरुँ, बाटो देखाइदिनु‘’, ‘तिमीले त कुर्सी बचाउला, हामीले जागिर कसरी बचाउने?’, ‘कि रोजगारी दे, कि कोरिया जान दे’, जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनमा उत्रिका उनीहरुले आफ्ना मागबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाउने योजना बनाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?