काठमाडौं, २३ असार । सन्दीप लामिछानेले अहिलेसम्मकै सर्वाधिक ठूलो रकम लिएर क्यारेबियन प्रिमियर लिग क्रिकेटमा जमैका तलावाजबाट खेल्ने भएका छन् । यसको लागि उनले ९० हजार डलर लिएका छन् ।
सन्दीपले पहिलो संस्करणमा ५ हजार तथा दोस्रो संस्करणमा ७० हजार डलर लिएका थिए । उनले तेस्रो संस्करणमा ९० हजार डलर लिएका छन् । सन्दीप ड्राफ्टमा सहभागी ५ सय ३७ खेलाडी मध्ये एक्लो नेपाली हुन् ।

सन्दीपले यो भन्दा अगाडि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेलिसकेका छन् ।




