एजेन्सी, २३ असार । संयुक्त राज्यको रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले कारोना संक्रमणलाई लिएर एक जातीय आधारित डाटा जारी गरेको छ।
उक्त तथ्यांकका अनुसार सेतो अमेरिकीहरूको तुलनामा ल्याटिन र अफ्रिकी (कालो) अमेरिकीहरूमा कोरोना संक्रमण हुने खतरा तीन गुणा बढी देखिएको छ। यो संख्या अमेरिकाको एक हजार काउन्टीमा ६ लाख ४० हजार व्यक्तिको आधारमा तयार गरिएको हो।
अमेरिकी सरकारले यो डाटा न्यू योर्क टाइम्सलाई उपलब्ध गराएको छ। न्यु योर्क टाइम्सले सूचना स्वतन्त्रताको कानून प्रयोग गरेर अमेरिकी सरकारसंग त्यो तथ्यांक मागेको थियो। कालो र ल्याटिन अमेरिकीहरूको कोरोना संक्रमणको कारण मृत्यु हुने जोखिम पनि सेतो अमेरिकीहरूको तुलनामा दोब्बर भएको छ।

जोन हपकिन्स विश्वविद्यालयको तथ्यांकका अनुसार अमेरिकामा हालसम्म २८ लाख मानिस कोरोना संक्रमित भइसकेका छन् । त्यस्तै एक लाख ३२ हजार भन्दा बढी मानिस मरेका छन्।




