advertisement

दक्षिणी तमिलनाडुमा तथा दिल्लीमा सङ्क्रमितको सङ्ख्या एक लाख हाराहारीमा छन्। धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशमा २६ हजारभन्दा धेरै सङ्क्रमित पुष्टि भएको पाइएको छ।

" /> विश्वकै तेस्रो धेरै कोरोना भाइरसको सङ्क्रमित भएको देश बन्यो भारत - Sarbocha Media

विश्वकै तेस्रो धेरै कोरोना भाइरसको सङ्क्रमित भएको देश बन्यो भारत

`

     २०७७ आषाढ २२ गते ४:०४

एजेन्सी, २२ असार । भारत विश्वकै तेस्रो धेरै कोरोना भाइरसको सङ्क्रमित भएको देश बनेको छ।

सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा, ब्राजिल त्यसपछि भारतमा पाइएको छ। भारतमा गत तीन दिनमा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार बढेको थियो।

भारता कोरोनाको कुल सङ्क्रमितको सङ्ख्या करिब ६ लाख ९० हजार पुगेको भारतको स्वास्थ्य मन्त्रालयले दिएको आँकडामा उल्लेख छ ।

आइतबारमात्रै भारतमा झन्डै २५ हजार नयाँ सङ्क्रमित थपिएका थिए।भारतभरिमा कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १९ हजार पुगेको छ।

भारतमा सबैभन्दा धेरै सङ्क्रमितहरूको सङ्ख्या पश्चिमी महाराष्ट्र राज्यमा पाइएको छ। त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ।

advertisement

दक्षिणी तमिलनाडुमा तथा दिल्लीमा सङ्क्रमितको सङ्ख्या एक लाख हाराहारीमा छन्। धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशमा २६ हजारभन्दा धेरै सङ्क्रमित पुष्टि भएको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?