advertisement

स्थानीयका अनुसार, वडाध्यक्षजस्तो जिम्मेवार व्यक्तिले नै महिलामाथि दुर्व्यवहारको प्रयास गर्नु एकदमै घिनलाग्दो हर्कत हाे । उनीहरूले वडाध्यक्षलाइ कारबाही माग गर्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घेराउ गरेका थिए ।

साथै इप्रकामाथि ढुंगामु’ढा समेत प्रहार भएको थियो । मदिरा सेवनपछि वडाध्यक्षले अँगालो हाल्दै ‘चुम्बन’ मागेको एक स्थानीयले बताए । हाल घटनाकाे छानबिन भइरहेकाे प्रहरीले जनाएकाे छ।

" /> वडाध्यक्षले एक महिलालाई अँगालो हाल्दै चुम्बन मागेपछि हंगामा… - Sarbocha Media

वडाध्यक्षले एक महिलालाई अँगालो हाल्दै चुम्बन मागेपछि हंगामा…

`

     २०७७ आषाढ १९ गते ९:२३

कञ्चनपुर, १९ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथले एक महिलामाथि दुर्व्यवहार गरेका छन्। वडा नम्वर ९ ब्रह्मदेवमा नै पसल व्यवसाय गर्दै आएकी एक महिलालाई वडाध्यक्ष नाथले दुर्व्यवहारको प्रयास गरेका हुन्।

उनी बिहीवार दिउँसोदेखि पीडित महिलाकै पसलमा म’दिरा सेवन गरिरहेका थिए । वडाध्यक्षले राती सवा ८ बजे ती महिलामाथि ‘चुम्बन देउ न’ भन्दै अँगालो हाल्न खोजेका थिए ।

वडाध्यक्षमाथि अँगालो हाल्दै ‘चुम्बन’गर्न खाजेर याैन दुर्व्यवहारको प्रयास गरेको आरोप लागेको हो । कञ्चनपुरका जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले वडाध्यक्ष नाथलाई पक्राउ गरेको जानकारी दिएका छन् ।

advertisement

स्थानीयका अनुसार, वडाध्यक्षजस्तो जिम्मेवार व्यक्तिले नै महिलामाथि दुर्व्यवहारको प्रयास गर्नु एकदमै घिनलाग्दो हर्कत हाे । उनीहरूले वडाध्यक्षलाइ कारबाही माग गर्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घेराउ गरेका थिए ।

साथै इप्रकामाथि ढुंगामु’ढा समेत प्रहार भएको थियो । मदिरा सेवनपछि वडाध्यक्षले अँगालो हाल्दै ‘चुम्बन’ मागेको एक स्थानीयले बताए । हाल घटनाकाे छानबिन भइरहेकाे प्रहरीले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?