वि.सं.२०७७ साल आषाढ १५ गते । सोमबार । ईश्वी सन् २०२० जुन २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि–नवमी,४१ घडी ०३ पला,बेलुकी ०९ बजेर ३८ मिनेट जादा दशमी । नक्षत्र–हस्त,०५ घडी २६ पला,बिहान ०७ बजेर २३ मिनेट उप्रान्त चित्रा । योग– परिध,३१ घडी ४९ पला,बेलुकी ०५ बजेर ५६ मिनेट उप्रान्त शिव । करण– बालव,बिहान १० बजेर ५२ मिनेट उप्रान्त कौलव,बेलुकी ०९ बजेर ३८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा– वज्र योग । चन्द्रराशि–कन्या,बेलुकी ०६ बजेर ३३ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३२ पला । दानदिवस । रोपाई महोत्सव । दहिच्युरा खानेदिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : स्वास्थ्यमा समस्या देखिने हुुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेकोछ । काममा ढिला शुस्ति,बैरभाव तथा आफन्त सँग बिवाद हुने योग रहेकोछ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नती तथा नया काम पाउने योग केहि दिनको लागि टरेर जानेछ । खुट्टा तान्ने तथा काममा बिवाद सिर्जन गर्नेहरु सक्रिय रहनेछन् । पढाई लेखाई अधुरै रहनेछ भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : आफ्नो ज्ञानलाई सहि समयमा प्रयोग गर्न सकिने हुदा चुनौति पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसि सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनितिमा प्रतिश्पर्धिहरु हावि हुँनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । साझपख समय राम्रो रहेकोले अध्ययनमा सुधार भएर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। आफन्त तथा दाजुभाईबाट सहयोग पाईने छैन भने बिवाद बढ्ने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : पहिले गरेका कामबाट सामान्य आम्दानि हुनेछ भने समयमा स्रोत साधन तथा भौतिक सम्पति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । बिद्या तथा प्रतिष्पर्धिहरु हार खानेछन् भने तपाईको कुरा काट्ने हरुलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरण तथा हासखेलमा समय बित्नेछ । पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : समयमा काम नबन्ने हुदा मनमा निरासा पैदा हुनेछ । माया प्रेममा अबिश्वास सिर्जना हुने तथा परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुदा मन खिन्न हुनेछ । अवसरहरुको सदुपयोग गर्न नसक्दा बिभिन्न फाईदा जनक कामहरु अरुकै पोल्टोमा पर्नेछ । साभपख समय राम्रो भएकोले नयाँ प्रकृतिको काम गरि लाभ लिन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): व्यावसायबाट आम्दानि गर्न लगानि बढाउनु पर्ला । खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसि खर्च व्यावस्थापन गर्न हम्मे हम्मे पर्नेछ । स्वास्थ्यमा समस्या आई खर्च हुने योग रहेकोछ । साझपख समय राम्रो रहेकोले प्रविधिको प्रयोग गरि अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भबिस्यमा बिवाद सिर्जना हुँन सक्छ । अध्ययनमा मन नजाने तथा प्रेममा फाटो आउँने अधिक सम्भावना रहेकोछ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : जानकारिको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यावसायमा मन्दि आउनेछ । आम्दानि भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । साझपख समय राम्रो रहेकोले माया प्रेममा सामिप्यता बढेर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : परोपकार तथा पुन्य काममा समय खर्चिनु नै आजको लागि राम्रो रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । साझपख समय राम्रो रहेकोले पढाई लेखाइलाई निरन्तरता दिन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् ।




