बुटवल, १४ असार। रुपन्देहीमा कार दुर्घटनामा परी न्यूज २४ का एक पत्रकारको निधन भएको छ । तिलोत्तमा–६ मा बस्दै आएका पत्रकार कृष्ण पाण्डे आफैले चलाएको बा ७ च ६९५९ नम्बरको कार दुर्घटा हुँदा उनको ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालयका अनुसार बुटवलबाट घर जाँदै गर्दा बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा गएराति पौने १२ बजेतिर सडकको डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना हुँदा पाण्डेको मृत्यु भएको हो ।
पाण्डेको दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका थियो । उनलाई बुटवलको चौराहा हस्पिटल प्रालिमा उपचारका लागि ल्याइए थियो तर उनलाई अस्पताले मृत घोषणा गरेको जनाइएको छ ।

पाण्डेको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको बताइएको छ ।




