वि.सं.२०७७ साल आषाढ १४ गते । आईतबार । ईश्वी सन् २०२० जुन २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– अष्टमी,४७ घडी १७ पला,रातको १२ बजेर ०७ मिनेट जादा नवमी । नक्षत्र– उत्तरफाल्गनुी,०९ घडी ३४ पला,बिहान ०९ बजेर ०२ मिनेट उप्रान्त हस्त । योग– वरियान,३९ घडी २८ पला,बेलुकी ०९ बजेर ०० मिनेट उप्रान्त परिध । करण– भद्रा, दिउसो ०१ बजेर २१ मिनेट उप्रान्त बव,रातको १२ बजेर ०७ मिनेट उप्रान्त बालव । आनन्दादिमा– मित्र योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३३ पला । अष्टमी व्रत । गोरखकाली पूजा ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : राजनितिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईको प्रतिष्पर्धिको रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैया पैसा नआउने तथा आफन्तलाई दिएको रुपैया पैसाले सत्रुता बढाउनेछ । धन सम्पति हराउने तथा चोरि हुने हुनाले यात्रा गर्दा ख्यालग गर्नुहोला । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने मामा तथा आफन्त सँग बिवाद बढ्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तोे उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानिको तुलनामा खर्च कम हुनेछ । काम गर्ने वाताबरण राम्रो बन्ने हुनाले आर्थिक अवस्थामा सामान्य सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपाहार तथा बिलाशि बस्तु उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरीको प्रगति देख्न पाईनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : माया प्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमा सँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गरेपनि पद प्रतिष्ठा नपाईने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : गलत लेखाई अथवा गलत बुझाईलेआाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने भएपनि वढिनै उत्साहित हुन खोन्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानि गरे पनि नाँफा कमाउँँन बढिनै समय खर्चनु पर्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुने भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाढि बढ्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : अध्ययन तथा अध्यापनमा मन जाने छैन भने स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सफलता भने न्यून मात्र हातलागी हुनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : सामान्य स्वास्थ्य सम्बन्धि समस्या बाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमि आउनेछ । अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्याबहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाईनाले हर क्षेत्र डामाडोल हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : समय मध्ययम रहेकोले व्यापारमा लगानि गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग नहुने हुनाले काम गर्न नसकेजस्तो हुनेछ । सत्रु,मुद्दा मामिला तथा अन्य झन्झटबाट मुक्ति मिल्ने समय नरहेकोले ख्याल गर्नुहोला । माया प्रेममा मनमुटाव बढ्न सक्छ । सवारि साधन तथा अन्य भौतिक सम्पतिहरु प्रयोग गर्दा ध्यान दिनुहोला । पढाई लेखाई तपाई आफ्नै कमजोरिले बिग्रनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : व्यापारमा लगानि गर्नुभन्दा अगाडि आफन्त तथा अग्रजसँग राम्रोसँग सल्लाह गर्नुहोला समय मध्ययम रहेकोछ । सरकारि सेवामा बसेर सेवा प्रबाह गर्नेहरुले तपाईको काम समयमा नगरि दिदा महत्वपुण अवसरबाट बञ्चित हुनु पर्ने अवस्था आउन सक्छ ख्याल गर्नुहोला । बिद्यार्थीहरुले पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न बढिनै समय खर्चनु पर्नेछ । माया प्रेममा चिसोपनको बिकास हुने योग रहेकोछ ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : भाग्य तथा समयले साथ दिने हुदा आटेको तथा ताकेको काम सजिदै बन्नेछन् । सामाजिक तथा सरकारि क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मुलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : आफन्त तथा दिदि बहिनीसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढि आउने हुदा आफन्त तथा साथिभाईहरु टाडिनेछन् । भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । नसोचेको धन तथा सम्पति प्रयोग गर्न पाईने हुदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : एकल तथा साझेदारि व्यापार व्यावसायमा सामान्य वृद्धि हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुसि रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ ।




