अछाम, १२ असार । सरकारले विकट स्थानमा रहेका गर्भवति महिलाको उद्धारका लागि विशेष अभियान चलाइरहेको छ । विगतदेखी नै राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत धेरै महिलाको ज्यान जोगाउन सफल भएको छ ।
उद्धार कार्यक्रम अन्तर्गत शुक्रबार विहान अछामबाट एक गर्भवति महिलाको उद्धार गरिएको छ । तुर्माखाद गाउँपालिकाको भैरवस्थानबाट १८ वर्षीया मनिषा उखेडालाई उद्धार गरिएको हो । सो ठाउमा हेलिकप्टर अवतरण गर्ने कुनै उपयुक्त ठाउँ भएपछि हेलिकप्टर चालकले जोखिम मोलेर मकैबारीमा हेलिकप्टर अवतरण गरी गर्भवती महिलाको उद्धार गरिएकाे हाे ।
मनिषालाई सुत्केरी हुन समस्या भएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर उनलाई उद्धार गर्न आएको हो । अहिले उनलाई उद्धार गरी सुर्खेत लगिएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।




