वि.सं.२०७७ साल आषाढ ११ गते । बिहीबार । ईश्वी सन् २०२० जुन २५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– चतुर्थी,०८ घडी ५३ पला,बिहान ०८ बजेर ४४ मिनेट उप्रान्त पंचमी । नक्षत्र– अश्लेषा,१९ घडी ३१ पला,दिउसो ०१ बजेर ०० मिनेट उप्रान्त मघा । योग– हर्षण,०७ घडी १० पला,बिहान ०८ बजेर ०३ मिनेट उप्रान्त बज्र । करण– भद्रा,बिहान ०८ बजेर ४४ मिनेट उप्रान्त बव,बेलुकी ०७ बजेर ५२ मिनेट उप्रान्त बालव । आनन्दादिमा– अमृत योग । चन्द्रराशि–कर्कट,मध्यान्न ०१ बजे उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३५ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : बिहानको समय मध्ययम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । प्रतिश्पर्धिहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यावसायबाट न्यून आम्दानी हुनेछ । पढाई लेखाईमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथिभाईबाट टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनितिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : बिहानको समय राम्रो रहेकोले गित संगितको क्षेत्रमा समय लगानि गर्नेहरुका लागी समयले साथ दिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । ध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालति पक्रियामा सामेल नहुनु होला तपाईको पक्षमा निर्णय नआउन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : बिहानको समय मध्ययम रहेकोले अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । मध्यान्हबाट समयमा सुधार हुने हुनाले बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : बिहानको समय उत्तम रहेकोले बैक तथा बित्तिय क्षेत्रको लगानि फस्टाएर जानेछ । अध्ययनमा सुधार हुनेछ । मध्यान्हबाट माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने पति पत्नि बिच अबिश्वास बढ्नेछ । साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाईदाको लागि अलि बढि मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : व्यापार व्यावसायमा लगानि गरे पनि आम्दानि कम हुनेछ । नयाँ ठाउँबाट लगानिको प्रश्ताब आएपनि केहि समय कुर्नुनै पर्नेछ । ईच्छा आकाक्षाहरु पुरा गर्नको लागि बढिनै समय खर्चनु पर्ने हुन सक्छ । दाजुभाई सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । सामान्य स्यास्थ्यमा समस्या आई रुपैया पैसा खर्च हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने आत्मिय मित्र तथा आफन्त सँग घरायसि कुरामा राज बाजिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : बिहानको समय राम्रो रहेकोले अध्ययनमा प्रविधिको प्रयोग मार्फत निरन्तरता दिन सकिनेछ । खाद्यान्त तथा औषधिजन्य व्यापारमा बृद्धि हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले दिनभर श्रम गरे पनि उचित प्रतिफल नपाउदा मन खिन्न हुनेछ । कामको लागि धेरै समय दौडथुप गर्नु पर्नेछ भने दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । पैत्रिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । प्रेममा धोका हुनसक्छ ख्याल गर्नुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : साथिभाई तथा आफन्तका साथ रमाईलो बाताबरणमा दिन बित्नेछ । पढाई लेखाईमा मन जाने हुनाले प्रतिष्पर्धि हरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । सरकारि क्षेत्रमा तपाईको गतिलो उपश्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ । बिहानको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रनेहुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाडै रहनुहोला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : तार्किक क्षमताबा बृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाईमा अरुभन्दा एक कदम बढि सफलता हात पार्न सकिनेछ । तरपनि काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेकोछ । सत्रुहरुले टाउको उठाउन खोज्नेछन् ध्यान दिनुहोला । तपाईको कामबाट अरुले फाईदा लिन खोज्नेछन् । स्वास्थ्यमा सामान्य समस्या आई खर्च बढ्नेछ ।




