advertisement

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने तथा सत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । प्रतिष्पर्धामा प्रतिश्पर्धिको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : अन्य क्षेत्रमा व्यास्त हुदा पढाई लेखाईमा तपाईको नाम अरुभन्दा पछि आउनेछ । प्रेममा अबिश्वास बढ्नेछ भने सन्तान तथा छोराछोरिले तपाईको काममा खासै सहयोग गर्ने छैनन् । भौतिक सम्पति तथा बिलाशि सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा नचाहादा नचाहादै छुट्टीनु पर्ने बाध्यता आउनेछ । व्यावसायमा लगानि गरेपनि प्रतिफल प्राप्त गर्न केहि समय कुर्नु पर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : अध्ययन अध्यापनमा अलि बढि समय खर्चिदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसि सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनितिमा प्रतिश्पर्धिहरु हावि हुँनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ ।

" /> आजको राशिफल : हल्लाको पछि लाग्दा दु:ख पाइने - Sarbocha Media

आजको राशिफल : हल्लाको पछि लाग्दा दु:ख पाइने

`

     २०७७ आषाढ ०७ गते ११:५२

वि.सं.२०७७ साल आषाढ ०८ । सोमबार । ईश्वी सन् २०२० जुन २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– प्रतिपदा,१६ घडी ४० पला,बिहान ११ बजेर ५१ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– आद्र्रा,२२ घडी ०३ पला,दिउसो ०२ बजेर ०० मिनेट उप्रान्त पुनर्वसु । योग– वृद्धि,२१ घडी ०१ पला,दिउसो ०१ बजेर ३५ मिनेट उप्रान्त ध्रुव । करण–बव,बिहान ११ बजेर ५१ मिनेट उप्रान्त बालव,बेलुकी २३ बजेर ३७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा– काल योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी ३५ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : छोटो यात्राको तय हुनेछ । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । आम्दानि बढाउँन गरिने कामहरु समयमा नै सम्पन्न गरि आर्थिक स्थिति मजभुत पार्न सकिनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाम मुखि कामगर्न सकिनेछ । बिवादित बिषयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : बोल्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा ईष्टमित्रसँग मनमुटाब बढ्नेछ । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटि लाने तथा अनाबस्यक ठाउमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । व्यापारमा मन्दि आउनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : भौतिक बस्तुको प्रयोग गर्न पाईने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । तपाईबाट राम्रा काम हुने हुनाले परिवार तथा साथिभाईहरु खुसि हुँनेछन् । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : काम गर्दा निति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कममात्र आम्दानि हुदा आर्थिक क्षेत्र कमजोर रहनेछ भने बिदेशी सामानको व्यापार भने फस्टाएर जानेछ । भौतिक सम्पति तथा द्रब्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अबिश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउँनेछन् भने प्रसस्त रुपैया पैसा कमाउँने योग रहेको छ । सत्रु तथा प्रतिश्पर्धिहरु परास्त हुँनेछन् भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा लगानि गरि भने जस्तो नाँफा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने साथिभाई सँगको सम्बन्धमा बिश्वासको बाताबरण बन्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : चुनौतिहरुलाई किनारा लगाउँदै कामहरु बनाउँन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुँन सकिनेछ । अध्ययनमा समय दिई आफ्नो बिद्यालार्ई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथिभाईहरुको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईको कामदेखि सबै प्रशन्न हुँनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : समय तथा परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाईनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनाबस्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुदा आफ्नो काम थाति रहनेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : व्यापार व्यावसायबाट न्युन आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पति तथा बिलाशि बस्तुहरु जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई बिवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडि बढ्नेछ भने पति पत्नि बिच आत्मियता बढेर जानेछ । अध्ययन अध्यापनमा समय खर्चिने हरुले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् ।

advertisement

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने तथा सत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । प्रतिष्पर्धामा प्रतिश्पर्धिको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : अन्य क्षेत्रमा व्यास्त हुदा पढाई लेखाईमा तपाईको नाम अरुभन्दा पछि आउनेछ । प्रेममा अबिश्वास बढ्नेछ भने सन्तान तथा छोराछोरिले तपाईको काममा खासै सहयोग गर्ने छैनन् । भौतिक सम्पति तथा बिलाशि सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा नचाहादा नचाहादै छुट्टीनु पर्ने बाध्यता आउनेछ । व्यावसायमा लगानि गरेपनि प्रतिफल प्राप्त गर्न केहि समय कुर्नु पर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : अध्ययन अध्यापनमा अलि बढि समय खर्चिदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसि सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनितिमा प्रतिश्पर्धिहरु हावि हुँनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?