advertisement

२०७४ को पाँचौ राष्ट्रिय महाधिवेशनबाट उनी उदयपुर शाखाको अध्यक्मा चयन भएका थिए। संघको संगठन विस्तार तथा विभिन्न कार्यक्रम सफल बनाउन उनले पु¥याएको योगदान अविष्मरणीय छ । उनको असामयिक निधनबाट संघले एक सशक्त योद्धा गुमाएको र यो समग्र पत्रकारिता क्षेत्रकै लागि ठूलो क्षति भएको महसुस गरेका जनाइएको छ।

" /> तामाङ पत्रकार संघ उदयपुर शाखाका अध्यक्षको ३० वर्षमा असामयिक निधन - Sarbocha Media

तामाङ पत्रकार संघ उदयपुर शाखाका अध्यक्षको ३० वर्षमा असामयिक निधन

`

     २०७७ आषाढ ०६ गते ५:३८

काठमाडौं, ६ असार । तामाङ पत्रकार संघ उदयपुर शाखाका अध्यक्ष नरेशमोहन तामाङको हिजो (असार ५ गते) बिहान हृदयघातका कारण निधन भएको छ । २०४७ मंसिर १५ गते जन्मिएका उनको ३० वर्षकै उमेरमा असामयिक निधन भएको हो ।

पत्रकार नरेशमोहन तामाङको निधन भएको दुखद घडीमा तामाङ पत्रकार संघका केन्द्रीय अध्यक्ष विष्णु तामाङले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै गहिरो समवेदनासहित श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् ।

त्रियुगा एक्सप्रेस दैनिकमा आबद्ध भई पत्रकारितामा क्रियाशील नरेशमोहन विभिन्न सामाजिक अभियानहरूमासमेत सक्रिय थिए । उदयपुर जिल्ला कार्यसमितिमार्फत् तामाङ पत्रकार संघमा आबद्ध स्वर्गीय तामाङ २०७० को चौथो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भई संघको केन्द्रीय कार्यसमितिमा एक कार्यकाल काम गरे।

advertisement

२०७४ को पाँचौ राष्ट्रिय महाधिवेशनबाट उनी उदयपुर शाखाको अध्यक्मा चयन भएका थिए। संघको संगठन विस्तार तथा विभिन्न कार्यक्रम सफल बनाउन उनले पु¥याएको योगदान अविष्मरणीय छ । उनको असामयिक निधनबाट संघले एक सशक्त योद्धा गुमाएको र यो समग्र पत्रकारिता क्षेत्रकै लागि ठूलो क्षति भएको महसुस गरेका जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?