बुटवल, ४ असार । स्थानीय तहका जनप्रतिनिधि नै ‘ठेकेदार’ भएपछि नदी दोहन बढेको छ। यसले स्थानीय सरकारले पाउनुपर्ने राजस्व घट्दै जाने र नदी दोहन बढ्दै गएको हो।
प्रदेश ५ का तराईका जिल्लामा अत्यधिक दोहन छ। कानुनतः जेठ मसान्तपछि नदीको उत्खनन गर्न पाइँदैन तर असार लागेपछि पनि दोहन रोकिएको छैन। रूपन्देहीका देवदहमा नदी दोहन भएको भन्दै वडाध्यक्षका छोराविरुद्ध नगरपालिकामा उजुरी प¥यो।

देवदह नगरपालिका ७ का अध्यक्ष पदम थापाका छोरा सुशील नदीजन्य पदार्थको कारोबार गर्छन्। उनकै घर छेउमा डम्पिङ गरेर राखिएको अवस्थामा ठूलो मात्रामा नदीजन्य पदार्थ भेटिएको थियो। नगरपालिकाले छानबिन गरे पनि प्रमाण फेला नपरेको भन्दै कारबाही भने गरेन। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।




