advertisement

आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

" /> धरानमा आगलागी, छोरीलाई बचाउन गएकी आमाको पनि गयो ज्यान - Sarbocha Media

धरानमा आगलागी, छोरीलाई बचाउन गएकी आमाको पनि गयो ज्यान

`

     २०७७ ज्येष्ठ २२ गते ६:५१

काठमाडौं, २२ जेठ । धरानमा भएको आगलागीमा परेकी छोरीलाई बचाउन गएकी आमाको पनि ज्यान गएको छ । आमा र छोरी गरी आगलागीमा परी दुई जनाको ज्यान गएको छ।

आज बिहीबार विहान धरान उपमहानगरपालिका – १५ साम्पाङ टोल नरबहादुर श्रेष्ठको घरमा भएको आगलागीमा परेर ८७ वर्षीय धनमाया श्रेष्ठ र ५८ वर्षीय सीता श्रेष्ठको मृत्यु भएको हो । उनीहरु आमा छोरी हुन ।

दुई तल्ले घरको दोस्रो तल्लामा आमा छोरी बस्दै आएका थिए । इलाका प्रहरी कार्यालय धरानका अनुसार आगलागी सुरु भएपछि कोठाभित्र रहेकी छोरीलाई निकाल्न खोज्दा दुवैजनाको ज्यान गएको हो ।

advertisement

आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?