वि.सं.२०७७ साल जेठ २२। बिहीबार । ईश्वी सन् २०२० जुन ०४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि– त्रयोदशी,०० घडी ०१ पला,बिहान ०५ बजेर १० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– विशाखा,३३ घडी २६ पला,बेलुकी,०६ बजेर ३२ मिनेट उप्रान्त अनुराधा । योग–शिव,४६ घडी ४८ पला,बेलुकी २३ बजेर ५३ मिनेट उप्रान्त सिद्ध । करण– तैतिल,बिहान ०५ बजेर १० मिनेट उप्रान्त गर,बेलुकी ०४ बजेर ०५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–तुला,मध्यान्ह १२ बजेर ५३ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५५ मिनेट । दिनमान ३४ घडी २३ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रेममा नजिक भई रमाउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनो प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईको प्रतिष्पर्धिको रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैया पैसा नआउने तथा आफन्तलाई दिएको रुपैया पैसाले सत्रुता बढाउनेछ । बिहानको समय राम्रो रहेकोले प्रविधिको प्रयोग गरि अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरिले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिले तपाईको काममा सहयोग गर्ने हुदा समयमानै काम सकाउन सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : बिहानको समय राम्रो रहेकोले आफन्त,दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । उत्पादनमुखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागी समय मध्ययम रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा प्रविधिको सहयोगले निरन्तरता दिन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालति पक्रियामा सामेल नहुनु होला तपाईको पक्षमा निर्णय नआउन सक्छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) : कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउँनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछि सम्म आम्दानि हुने कृषि तथा पशुपालनमा लगानी गर्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले समयको सुक्ष्म व्याबस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेकोछ । नया प्रबृधिको प्रयोग गरि व्यापारलाई बिश्तार गर्न सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने मेहनेतले गन्तब्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । बिहानको समय मध्ययम रहेकोले वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : बिहानको समय उत्तम रहेकोले व्यापारलाई निरन्तरता दिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट आम्दानी गर्न सकिनेछ । मध्यान्हबाट माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने पति पत्नि बिच अबिश्वास बढ्नेछ । साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाईदाको लागि अलि बढि मेहनेत गर्नुपर्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : पछिसम्म फाईदा हुने व्यापार व्यावसायमा लगानि गरि आम्दानि सुनिश्चित गर्न सकिनेछ । स्रोत साधनको प्रयोग गरि अग्रगामि छलाङ मार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथि सँग थप आत्मिय भाव बढ्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : सामाजिक तथा राजनितिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जानेछ । दाजुभाई तथा जीवन साथि सँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ । बिहानको समय मध्ययम रहेकोले वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।




