advertisement

जिल्लामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेका बेला उनलाई १२ जेठमा गृह मन्त्रालयले स्याङ्जाबाट सरुवा गरेर बाँकेमा पठाएको थियो । उनले यहाँ आएर जिम्मेवारी सम्हालेको एक दिन मात्र भएको थियो । यो खबर अन्नपूर्ण पोस्टमा छ ।

" /> सीडीओले क्वारेन्टाइनलाई जेल देखे - Sarbocha Media

सीडीओले क्वारेन्टाइनलाई जेल देखे

`

     २०७७ ज्येष्ठ २१ गते २:०२

नेपालगन्ज, २१ जेठ । बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामबहादुर कुरुम्बाङलाई जेठ १५ गते राति फोन आयो– ‘डुडुवा गाउँपालिकामा आरडीटी र पीसीआरबाट कोरोना रिपोर्ट पोजिटिभ भएका व्यक्तिलाई एउटैै क्वारेन्टाइनमा राखिएको छ ।’

सीडीओ कुरुम्बाङ राति ९ बजे डुडुवा गाउँपालिका–४ स्थित आधारभूत विद्यालय शाहपुर्वा पुगे । उनले पाएको खबर सत्य सावित भयो । आरडीटी पोजिटिभ आएका २० र पीसीआर पोजिटिभ भएका ८ व्यक्तिलाई एउटै कोठामा राखिएको थियो । उनले यसरी राख्नु गम्भीर त्रुटि भएको बताए । क्वारेन्टाइन व्यवस्थापन गर्ने टोलीलाई अलग स्थानमा व्यवस्थापन गर्र्न निर्देशन दिएर उनी फर्किए ।

advertisement

जिल्लामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेका बेला उनलाई १२ जेठमा गृह मन्त्रालयले स्याङ्जाबाट सरुवा गरेर बाँकेमा पठाएको थियो । उनले यहाँ आएर जिम्मेवारी सम्हालेको एक दिन मात्र भएको थियो । यो खबर अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?