वि.सं.२०७७ साल जेठ २० । मंगलबार । ईश्वी सन् २०२० जुन ०२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि– एकादशी,११ घडी ५४ पला,बिहान ०९ बजेर ५६ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– चित्रा,२० घडी ५६ पला,बेलुकी,०९ बजेर ३३ मिनेट उप्रान्त स्वाती । योग– व्यातिपात,०८ घडी ४५ पला,बिहान ०८ बजेर ४० मिनेट उप्रान्त वरियान । करण– भद्रा,बिहान ०९ बजेर ५६ मिनेट उप्रान्त बव,बेलुकी ०८ बजेर ४२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–कन्या,बिहान १० बजेर २२ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५३ मिनेट । दिनमान ३४ घडी २० पला । निर्जला एकादशी व्रत। तुलसीबीजरोपण (तुलसीको दल राख्ने दिवस।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । पढाई लेखाईमा भनेजस्तो प्रगति हुने हुदा मन प्रशन्न रहनेछ । भौतक बस्तु तथा विलाशि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : ईष्टमित्र तथा आफन्तका साथ रमाईलो गरि समय व्यातित हुनेछ । प्रतिष्पर्धामा प्रतिश्पर्धिको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : परिवारका साथ स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझाबलाई शिरो धार्य गर्दै अगाडि बढ्न सके गन्तब्य पहिल्याउन सहज हुनेछ । प्रेममा नजिक भई आफ्ना भावाना साटासाट गर्न पाईने हुदा पन प्रशन्न रहनेछ । बिहानको समय मध्ययम रहेकोले वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । तरपनि वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : तपाईले शुरु गरेको काममा आफन्त तथा दाजुभाईहरुको सहयोग तथा समर्थन पाईनेछ । प्रेममा नजिक हुने समय रहेकोछ । स्वअध्ययनले पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई पछि पार्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईको बोलिको सबैले कदर गर्नेछन् । आफन्त तथा कुटुम्ब सँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । गित संगितमा लाग्नेहरुका लागि समयले साथ दिनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) : तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथिभाईहरु खुसि हुँनेछन् । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसि रहनेछन् । तरपनि बिहानको समय मध्ययम रहेकोले वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : सामान्य काममा लल्झने समय रहेकोछ । अरुकै काम गर्दा आफ्नो काम थाति रहनेछ । पढाई लेखाईमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धि समस्या आई पर्नेछ भने औषधि उपचार खर्च बढेर जानेछ । बिहानको समय राम्रो रहेकोले प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : बिशिष्ट व्याक्तिहरुको बिचारले प्रभावित बनाउनेछ । सामाजिक कामका बिशेष रुचि बढ्नेछ भने राजनिति तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई परिमार्जन गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । तरपनि वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिनेछ । लक्ष्य प्राप्तीको लागि चालिने पाईलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाई लेखाई अरुभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ । तरपनि वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : आफन्त तथा जीवन साथिको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरि नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्बाह गर्नु पर्नेछ । घरायरि सुख सुबिधा भरपुर मात्रामा प्रयोग गर्न पाईनेछ । तरपनि बिहानको समयमा वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । प्रेम प्रशङग टाडै रहनुहोला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । बिहानको समय राम्रो रहेकोले अध्ययनमा प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ ।




