चट्याङले गोठमा आगलागी, खाद्यान्नलगायत अन्य सामग्रीसमेत जलेर पूर्ण नष्ट

`

     २०७७ वैशाख २८ गते ४:०४

गुल्मी, २८ वैशाख । मुसिकोट नगरपालिका –९ अर्लाङ्कोटको दासिकोटमा आज चट्याङ पर्दा एउटा गोठमा आगलागी भएको छ ।

चटयाङले डाँसिकोट पखरेबारी निवासी प्रेमबहादुर विकका गोठमा रहेको भैँसी मरेको वडाध्यक्ष नरेशराज खरेलले बताउनुभयो ।

आगलागीबाट गोठको माथिल्लो तलामा रहेको खाद्यान्नलगायत अन्य सामग्रीसमेत जलेर पूर्ण नष्ट भएको छ । राति ठूलो आवाजमा चट्याङ परेपछि आगलागी भएको थाहा पाएपछि स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?